× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

डिआईजीकाे सरूवामा ढिलासुस्ती प्रहरी संगठनमा व्यापक असन्तुष्टि

Simrik Online

२४ जेष्ठ २०७८, मंगलवार

किशोर शर्मा, काठमाडौं । केपी शर्मा ओली सरकारमा गृह मन्त्री नहुँदा १३ महिना वितिसक्दा पनि नेपाल प्रहरीका डीआईजीहरुको सरुवा हुन सकेकाे छैन। सामान्यतया एक वर्षमा डिआईजीकाे सरूवा हुँदै आएकाे थियाे तर अहिले एक वर्ष एक महिना भयाे सरूवा फाइल अगाडि बढेकाे छैन। अहिले गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाले पनि उनले सरुवामा चासो दिएका छैनन् । प्रहरीमा एक वर्षमा नियमित सरुवा हुने गर्छ । नियमित समयमा सरुवा नहुँदा प्रहरीको ‘कमाण्ड कन्ट्रोल’ र कार्यसम्पादनमा समेत असर पर्छ। कोरोना महामारी र राजनीतिक विवादबीच डीआईजीहरुको सरुवा ओझेलमा परेको छ । सातवटै प्रदेशका डीआईजी र केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी), लागूओैंषध व्युराे, विशेष व्युराेका प्रमुखको एक वर्षको अवधी गत वैशाख ८ मा पुगिसकेको छ । एसएसपी र डीआईजीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने भएकाले पनि सरुवा रोकिएको छ।

डीआईजीहरु भने आफ्नो चाहनाअनुसारको सरुवाको दौडधुपमा छन् । प्रदेश नम्बर १ मा डीआईजी सहकुल थापा र अरुण विसीको चर्चा छ । प्रदेश २ मा दिवेश लोहनीको नाम चर्चामा छ भने वाग्मती प्रदेशमा प्रकाशजंग कार्कीको नाम चर्चामा छ । गण्डकी प्रदेशमा पुरुषोत्तम कँडेलको चर्चा हुँदा लुम्बिनी प्रदेशमा गणेश ऐरको चर्चा प्रहरी प्रधान कार्यालयमा चल्दैआएको छ । यस्तै कर्णाली प्रदेशमा प्रकाश अधिकारी, सुदूरपश्चिममा राजेशलाल कर्ण र महत्त्वपूर्ण मानिँदै आएको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का धिरजप्रताप सिंह र उत्तमराज सुवेदीको नाम चर्चामा छ । उनीहरुमध्ये एकजनाले सीआईबीको नेतृत्त्व पाउने निश्चित प्रायः रहेको गृह र प्रहरीकै अधिकारीहरु बताउँछन् । यस्तै रविन्द्र धानुकको नाम विशेष व्युरोमा चर्चामा छ । वसन्त लामाको नाम पनि महत्त्वपूर्ण विभागकै लागि चर्चामा छ । यसबाहेक अन्य डीआईजीहरुको सरुवा प्रहरी प्रधान कार्यालयभित्रै हुनेछ ।