× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

उपत्यकाका सीडीओहरूको बैठक बस्दै

Simrik Online

५ असार २०७८, आईतवार

काठमाडौं । निषेधाज्ञाबारे निर्णय लिन काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । अपरान्ह बैठक बस्ने भनिए पनि समय भने एकिन भएको छैन । बैठकमा निषेधाज्ञा थप गर्ने र कुन-कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुनेछ । स्रोतका अनुसार गृहमन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउन प्रजिअहरूलाई निर्देशन दिएकाले के-के खोल्ने के-के बन्द गर्ने भन्ने आजको बैठकका मुख्य एजेण्डा छन् । तर निषेधाज्ञा भने ७ देखि १० दिन बढाउने तयारी छ ।

अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म र निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएकामा बढाउने कि यथावत राख्ने भन्नेमा पनि छलफल हुनेछ ।

जोरबिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिने विषयमा छलफल भए पनि निर्णय भइसकेको छैन ।