काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने भएको छ ।
बुधबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेता खनालको उपचार खर्च पार्टीले जिम्मा लिने घोषणा गरेका हुन् ।
नेता खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् । बैठकले उनको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।