× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अदालत

रिहा भए गच्छदार

Simrik Online

३० असार २०७८, बिहीबार

मनेश निरौला, काठमाडाैं । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएर रिहा गरेको छ । उनीमाथि प्रधानमन्त्री निवास बालुवाटारकाे सरकारी जग्गा व्यक्तिको नाममा लैजान भुमिका निर्वाह गरेको आरोप लगाइएको थियोे ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा गच्छदार मन्त्री हुँदा ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोग लगाएर डेढवर्षअघि उनीविरूद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

अदालतले बोलाएपछि बुधबार बिहान विशेष अदालतमा उपस्थित भएका गच्छदारलाई न्यायाधीश प्रेमराज कार्की, अब्दुलअजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले १० लाख धरौटीमा छोडेको हो । विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेका अनुसार गच्छदारले बुधबार १० लाख धरौटी बुझाएका छन् ।