× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

खारेज हुँदै : ओली सरकारका नियुक्ति

Simrik Online

४ श्रावण २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने विषयमा छलफल भएको छ ।

संविधान विपरित अध्यादेशमार्फत गरिएका नियुक्तिहरुले दीर्घकालि अवसर पुर्याउने भन्दै प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच त्यस्ता नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरिसकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनिक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा पनि छलफल भएको छ।