× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

नयाँ मापदण्ड बनाएर विवादित सदस्यबारे निर्णय लिने शीर्ष नेताबीच सहमति

Simrik Online

१४ श्रावण २०७८, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताबीच विवादित क्रियाशील सदस्यता टुंग्याउन नयाँ मापदण्ड बनाउने सहमति भएको छ। शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा करिब ४ घण्टा चलेको शीर्ष नेताबीचको छलफलमा विवादित विषय टुंग्याउन नयाँ मापदण्ड बनाउने सहमति भएको हो। छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।

वरिष्ठ नेता पौडेलले मापदण्ड भनेपछि विवाद समाधान हुने बताएका छन्।समायोजन सम्बन्धी विवादले रोकिएको क्रियाशील सदस्यतालाई पनि विधिसम्मत तवरले टुङ्ग्याइने पौडेलले बताए। सप्तरी र बाराबाट आएको क्रियाशील सदस्यताका सन्दर्भमा नयाँ मापदण्ड बनाइनेछ। भने धनुषा ४ नम्बर क्षेत्र र सर्लाही २ नम्बर क्षेत्रका सन्दर्भमा जारी अनशन र धर्नालाई सम्बोधन गरिने बताइएको छ।

दुई घण्टा छलफलमा बसेर बाहिरिएका सभापति देउवाले काँग्रेस र काँग्रेस हुन चाहनेलाई क्रियाशील सदस्यबाट बन्चित हुनुनपर्ने गरी समाधान खोज्नुपर्ने बताएका थिए। देउवाले छलफलमा सहभागी नेताहरुलाई सोही अनुसार निकास खोज्न भनेका थिए।