× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
आर्थिक

अर्थमा मधु मरासिनी सहित तीन सचिवको सरुवा

Simrik Online

१६ श्रावण २०७८, आईतवार

काठमाडौं । सरकारले तीन सचिवको सरुवा गरेको छ । केही दिन अघिको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको हो। सरुवा भएका सचिवहरूले आजै सरुवाको पत्र बुझेका छन्।

महालेखा नियन्त्रक मधु मरासिनी अर्थ मन्त्रालयको सचिवमा सरुवा भएका छन्। अर्थसचिव शिशिरकुमार ढुंगाना र स्वास्थ्यसचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्‌को कार्यालयमा तानिएको हो। मन्त्रिपरिषद्‌मा लगिएकालाई पछि अन्यत्रको जिम्मेवारी दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो। आइतबार आफूले अर्थसचिवमा सरुवा भएको पत्र बुझेको सचिव मरासिनीले जानकारी दिए।