× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

आगामी हप्ता एसईईको नतिजा आउने, यसरी भयो मूल्यांकन

Simrik Online

२१ श्रावण २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए। अध्यक्ष पौडेलले भने ‘आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको पाइयो। आगामी हप्ताभित्र सार्वजनिक हुन्छ।’

गत जेठ १३ गतेदेखि तय भएको एसईईको परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो। भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १०को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्न निर्देशन दिएको थियो।

कार्यविधिले विद्यार्थीको निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुति लगायतको विषय), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मकको लागि २५ प्रतिशत मूल्यांकन तोकेको छ। प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ।