× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

कांग्रेसमा सभापतिको उम्मेदवार बन्न ५ सय देखि ३० हजारसम्म शुल्क; कहाँको कति ?

Simrik Online

२८ श्रावण २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको बिहीबारबाट सुरु केन्द्रीय समिति बैठकमा १४औं महाधिवेशनका लागि उम्मेदवारहरूले उम्मेदवार बनेबापत तिर्नुपर्ने शुल्क प्रस्ताव गरिएको छ। कांग्रेसले तयार गरेको निर्वाचन निर्देशिकामा अधिवेशनको प्रक्रियामा उम्मेदवार हुन चाहने वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क प्रस्ताव गरिएको हो।

प्रस्तावित शुल्कमा न्यूनतम वडा सदस्यका लागि १ सय रुपैयाँदेखि अधिकतम केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँसम्म तोकिएको छ। यसैगरी, उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको छ।

यसैगरी, प्रदेश कार्यसमितिअन्तर्गत सभापति पदका लागि उम्मेदवारी १५ हजार, जिल्ला सभापतिका लागि १० हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको छ।

यस्तै, प्रतिनिधिसभा क्षेत्रीय सभापति पदका लागि ७ हजार, प्रदेशसभा क्षेत्रीय सभापतिका लागि ५ हजार, महानगरपालिका, उपमहानगरपालिका कार्यसमिति सभापतिका लागि ५ हजार उम्मेदवारी दर्ता शुल्क प्रस्ताव गरिएको छ। यसैगरी, गाउँपालिका सभापतिको २ हजार रुपैयाँ र वडा कार्यसमिति सभापतिका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ।