× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

भदौ ३० बाट १२ कक्षाको परीक्षा हुने

Simrik Online

१६ भाद्र २०७८, बिहीबार

काठमाडौं । स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट पुन: सञ्चालन हुनेभएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताउनुभयो। उक्त परीक्षा असाेज ८ गतेसम्म सञ्चालन हुनेछ। यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने तय गरिएकाे भएपनि काेराेनाकाे संक्रमण नियन्त्रण नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुराेधमा परीक्षा स्थगित गरिएकाे थियाे।