× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अर्थ/बजार

असोज १० बाट बसको टिकट बुकिङ खुल्ने

Simrik Online

३१ भाद्र २०७८, शुक्रबार

काठमाडौं । दशैंमा घर जानेका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको छ। १० असोजबाट बुकिङ खुल्ने निर्णय भएको हो। यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच छलफल भई टिकट बुकिङ खोल्ने मिति तय भएको हो। दशैं आउनुभन्दा १० दिन अगावै टिकट बुकिङ खोलेर घर जान चाहने यात्रुका लागि सहज व्यवस्था गराउने पहल भएको हो। यसवर्ष विभिन्न स्थानमा गाडीको व्यवस्थाबारे समेत तयारी भइसकेको छ। भाडा वृद्धिलाई नै यथावत् राखेर टिकट बुकिङ खोल्ने निर्णय भएको हो।