× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

भीम शर्माको अध्यक्षतामा नेकपा समाजवादीको ४५ सदस्यीय सोलु-काठमाडौं सम्पर्क मञ्च गठन

Simrik Online

१ आश्विन २०७८, शनिबार

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सोलु काठमाडौ सम्पर्क मञ्च गठन गरिएको छ। सोलुखुम्बुबाट काठमाडौमा आएर विभिन्न पेशा व्यवसाय गर्दै आएका पार्टीका शुभेच्छुक तथा सदस्यहरुको भेलाले भीम शर्माको अध्यक्षतामा ४५ सदस्यीय सम्पर्क मञ्च गठन गरिएको हो। सर्वसम्मत रुपमा चयन गरिएको मञ्चको वरिष्ठउपाध्यक्ष लाक्पादोर्जी शेर्पा, प्रथमउपाध्यक्ष सागर तामाङ, उपाध्यक्ष तेन्जी शेर्पा, सचिवमा दोर्जी शेर्पा, सहसचिवमा शेखर राई र कोषाध्यक्षमा बबिता राउत छन्। सदस्यहरुमा राज मगर, ङिमातेन्जी शेर्पा, अमित मगर, रामकुमार राई, सुदेश राई, ग्याल्जेन राई, तेज राई, प्रसुन राई, पवन राई, देशकुमार राई, राजिब राई, सबिन राई, नवराज मगर, नौधन राई, प्रविन राई, किरण राई चुनिएका छन्।
यस्तै विजय राई, दोर्जी शेर्पा, दिनेश मगर, ख्यामकुमार राई, पशुपति कट्टेल, कृति तामाङ, समन मगर, टासी लामा, छिरिङ लामा, छेतेन शेर्पा, तेन्जी शेर्पा, ल्हाक्पा शेर्पा, दावा शेर्पा, ङिमा शेर्पा, छिरिङ शेर्पा, छन्दविज्ञान निरौला, शुक्र राई, उमेशकुमार राई, ङिमाकामी शेर्पा र गेल्जेन शेर्पा पनि नवगठित सोलु काठमाडौ सम्पर्क मञ्चको सदस्य चयन भएका छन्।

मञ्चको सल्लाहकारमा ल्हाक्पादोर्जी शेर्पा चुनिएका छन्। सर्वसम्मत रुपमा चुनिएका मञ्चका पदाधिकारीहरुले आजै सपथ खाएका छन् । उनीहरुलाई नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य विजय गुरुङले सपथ खुवाएका हुन् । ‘पार्टीलाई जिल्ला र काठमाडौमा बसेका सदस्यहरु बीच पुलको काम गर्न गराउन मञ्चले प्रभावकारी भूमिका खेल्नुपर्छ, यहाँहरु सबैलाई बधाई तथा शुभकामना’ शुभकामना मन्तव्य व्यक्त गर्दै उनले भने। सोलु काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष भीम शर्माले भने पार्टीले लिएको नीति, विचार र सिद्धान्तलाई पार्टीका कार्यकर्ता तथा शुभेच्छुक माझ पु-याई पार्टीलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोलुखुम्बु काठमाडौ सम्पर्क मञ्चको बृहत भेलामा नेताहरु आङङिमा लामा, आङदोजी शेर्पा, दोर्जीसुशील शेर्पा, आङकामी शेर्पा, पाल्देन तामाङ, जुद्धबहादुर कार्की, प्रेमकुमार श्रेष्ठ, सौमाया राई, सुरेश मगर लगायत उपस्थित थिए।