× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

दसैंअघि कांग्रेसको पालिकास्तरीय अधिवेशनमात्रै

Simrik Online

५ आश्विन २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुनेभएको छ। सिंहदरबारमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो सहमति जुटाएको हो। बैठकपछि वरिष्ठनेता रामचन्द्र पौडेलले भने- ‘दसैं अगाडि पालिकातहको अधिवेशनमात्रै सम्पन्न हुनेगरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ।’ यसअघिको तालिका अनुसार कांग्रेसको असोज ९ गते पालिकास्तरको अधिवेशन हुने उल्लेख छ।

‘असोज ९ गतेका लागि निर्धारित पालिकास्तरीय जुन अधिवेशन छ, त्यो यथावत् छ। पूर्वनिर्धारित समयअनुसारनै पालिकाहरुको अधिवेशन हुनेछ,’ कांग्रेसप्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘९ गते पछाडिका अधिवेशनहरूका सन्दर्भमा एकातिर केही जिल्लाका क्रियाशील सदस्यता टुंग्याउने विषय छ। त्यसलाई टुंग्याउने र उपयुक्त समयमा केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ।’