× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
मुख्य खबर

गीतकार कटेलको ‘सोलु दोभान’ सार्वजनिक, यहाँबाट पनि सुन्न सकिन्छ

Simrik Online

२६ आश्विन २०७८, बुधबार

आयुषा बास्तोला, काठमाडौं । साेलुखुम्बुकाे नेचासल्यानमा जन्मनुभएका गीतकार केशवप्रसाद कटेलकाे सांगीतिक कोसेली “साेलु दाेभान” बोलको गीत, आज सार्वजनिक भएको छ।
नेचासल्यान सोलुखुम्बुमै जन्मिएका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गायक तथा संगीतकार जसिहाङ राई र मुना राईले गीतमा संगीत र स्वर दिनुभएको छ।
अङ्कमाल मिडिया प्रा.लि.को तर्फबाट प्रस्तुत “सोलु दोभान” गीतलाई अङ्कमाल मिडिया प्रा.लि.बाटै सञ्चालित Simrik tv बाट आजै सार्वजनिक गरिएको छ। नेचाका विभिन्न स्थानका तस्बिरहरूलाई राखेर शुभ डिजिटल नेचाबाट भिडियो बनाइएको यो गीतलाई युटुवबाट सुन्न र हेर्न सकिन्छ। गीत सुन्नका लागि यस लिंकमा प्रवेश गर्नुहोला  https://youtu.be/8T2zXeGezKM