आयुषा बास्तोला, काठमाडौं । “अग्रजलाई सम्मान युवाको ऊर्जालाई प्रोत्साहन, संगठित समावेशी सबल प्रशिक्षित सक्षम सुदृढ गतिशील प्रविधिमैत्री र समृद्ध कांग्रेस निर्माणका लागि मतदान” भन्ने नाराका साथ नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका कार्की हालै सम्पन्न नेपाली कांग्रेसको जिल्ला अधिबेशनमा सोलुखुम्बु जिल्लाबाट खुलातर्फ सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्बाचित भएका थिए। कांग्रेसलाई जनताबाट टाढिंदै जाने नभई जोडिदैं जाने संस्कृतिको बिकास गर्नुपर्ने भन्दै पार्टीभित्र कसैलाई काखा कसैलाई पाखा होईन क्षमता अनुसारको भूमिका र अवसर समान ढंगले सबैले प्राप्त गर्नुपर्ने धारणा कार्कीले राख्ने गरेका छन् ।
सोलुखुम्बु जिल्लाभित्रका जनताको सुखदुःखमा संधै साथ रंहदै आएका र नेपाली कांग्रेस उद्योग ब्यापार बिभागका केन्द्रीय सदस्यको भूमिकामा रहेका कार्की गत प्रदेशसभाको निर्बाचनमा सोलुखुम्बु प्रदेशसभा क क्षेत्रको उम्मेदवारसमेत थिए।
जस्तोसुकै जिम्मेवारीमा पनि खरो उत्रन सक्ने कार्कीले थुप्रै औधोगिक तथा सामाजिक संस्थाको नेतृत्व सम्हालिसकेका छन्। जुन संस्थाको नेतृत्व सम्हाल्यो त्यसलाई जस्तै चुनौतीका बीचमा पनि सफल बनाउन सक्ने क्षमता उनीसँग भएको सहकर्मीहरुले बताउने गरेका छन्। सहयोगी मन, मिलनसार ब्यबहार, निष्कलंक छवि र समन्वयकला भएकै कारण उनले एकपछि अर्को सफलता प्राप्त गर्दै गएको बताइन्छ ।
हाल नेपाल उद्योग बाणिज्य संघ अन्तरगतको स्थल यातायात तथा पारवहन समितिका सभापति रहेका कार्कीले यस अघि नेपाल फ्रेट फर्वार्डस एसोसिएसनको अध्यक्षका रूपमा दुई कार्यकाल काम गरिसकेका छन् । उनको कार्यकालमा नेपालको निर्यात ब्यापारको क्षेत्रमा उल्लेख्य सुधारको थालनी भएको कार्गो ब्यबसायीहरु बताउँछन् ।