× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

वैशाख १४ गते स्थानीय तहको चुनाव गरौँ : निर्वाचन आयोग

Simrik Online

८ पुष २०७८, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी वैशाख १४ गते गर्न सकिने बताएको छ। आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानीय तहको चुनाव २०७९ वैशाख १४गते बुधबारका लागि तोक्न उपयुक्त हुने सुझाव दिएका हुन्।
तर, कुनै कारण एकैदिन निर्वाचन गर्न सम्भव नभए पहिलो चरणको २०७९ वैशाख १४गते र दोस्रो चरणको वैशाख २२गते गर्न सकिने जानकारी प्रधानमन्त्रीलाई गराइएको छ।

निर्वाचन आयोगका अनुसार मौजुदा कानुन बमोजिम स्थानीय तहको निर्वाचन आगामी ०७९ वैशाख महिनामा गर्नुपर्ने हुन्छ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम ०७९ जेठ ५ गते स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुने आयोगले जनाएको छ।

संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ। कार्यकाल सकिएपछि स्थानीय तह सञ्चालन सम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।