× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
खेलकुद

चेल्सी, आर्सनल र टोटनहमको जित

Simrik Online

११ पुष २०७८, सोमबार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा शीर्ष क्लब चेल्सी, आर्सनल र टोटनहमले जित हासिल गरेका छन्। आइतबार राति भएको खेलमा चेल्सीले घरेलु टोली एस्टन भिल्लालाई ३-१ ले पराजित गर्‍यो। जजिन्होले दुई गोल गरेपछि चेल्सीले सहज जित पायो । तीन अंक हासिल गर्ने क्रममा जर्जिन्होले दुई गोल गरे भने रोमेलु लुकाकुले १ गोल गरे।

चेल्सीकै रिस जेम्सले २८ मिनेटमा आत्माघाति गोल गर्दा घरेलु टोली एस्टन भिल्लाले भिल्ला पार्कमा अग्रता बनाएको थियो । अर्को खेलमा आर्सनलले नर्वीचलाई ५-० को भारी अन्तरले पराजित गर्‍यो । एकपक्षिय जितमा भ्रमणकारी टोली आर्सनलका लागि बुकायो साकाले दुई गोल गरे भने कियरान टिएर्नी, एलेक्जान्ड्रे लाकाजेटी र अमिल स्मिथ रोले १-१ गोल गरे।

अर्को खेलमा टोटनहमले क्रिस्टल प्यालेसविरुद्ध ३-० को जित निकाल्यो । उसको जितमा ह्यारी केन, लुकास मौरा र हङ मिन सनले १-१ गोल गरे । अर्को खेलमा वेस्ट ह्याम युनाईटेड साउथह्याम्पटनसँग ३-२ ले पराजित भयो । गएराति नै भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदान इतिहादमा भएको खेलमा लेस्टर सिटीलाई ६-३ अन्तरले पराजित गर्‍यो।

सिटीको लागि रहिम स्टर्लिङले दुई गोल गरे । यस्तै केभिन डि ब्रुयन, रियाद महरेज, इल्काय गुन्डोगान र अमेरिक लोपार्टले १-१ गोल गरे । लेस्टरका लागि जेम्स माडिसन, एडेमोला लुकम्यान र केलेची इहेअनाचोले १-१ गोल गरे । जितसँगै सिटीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । सिटीको १९ खेलबाट ४७ अंक छ।

एक खेल कम खेलेको लिभरपुलको १८ खेलबाट ४१ अंक छ। १९ खेल खेलेको चेल्सी ४१ अंक सहित तेस्रो स्थानमा छ । १९ खेलबाट ३५ अंक बनाएको आर्सनल चौथो स्थानमा रहँदा टोटनहम १६ खेलबाट २९ अंक सहित पाँचौ स्थानमा छ भने पराजित वेष्ट ह्याम १८ खेलबाट २८ अंक सहित छैटौं स्थानमा छ।