काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लामा पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले बाँकी रहेका जिल्लाको अधिवेशन मिति तय गरेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।
कांग्रेसले १४औँ राष्ट्रिय महाधिवेशन २४ देखि २७ मंसिरमा गरेको थियो। तर, क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लामा अधिवेशन रोकिएको थियो। प्रदेश २ का ८ वटै जिल्लासहित १६ वटा जिल्लामा अधिवेशन हुन सकेको छैन।
निर्वाचन समितिकाअनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ।