× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अर्थ/बजार

खाद्य तथा व्यापार कम्पनीले माग्यो ६० कर्मचारी (सूचनासहित)

Simrik Online

२८ पुष २०८०, आईतवार

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ६० जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
कम्पनीले शुक्रबार सूचना जारी गरी नवौँदेखि चौथो तहसम्मका रिक्त स्थानमा कर्मचारी माग गरेको हो।

माग गरिएका कर्मचारीमा ६ जना सह-विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एक/एक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत, प्राविधिकतर्फ २ अधिकृत, ९ जना वरिष्ठ सहायक, प्राविधिकतर्फ २ जना वरिष्ठ सहायक, २ जना सब-इन्जिनियरतर्फ वरिष्ठ सहायक र २२ जना प्रशासन सहायक छन्।

सूचनाअनुसार उक्त पदमा इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले माघ १८ गतेसम्म कम्पनीको अनलाइमार्फत आवेदन दिन सक्नेछन्।