काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको छ महिना (साउन–पुुस) मा ५ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुुस मसान्तसम्म ४ अर्ब ९१ करोड ४३ लाख ६४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको महानगरले जनाएको छ ।
गत वर्षको सोही अवधिमा अवधिमा ४ अर्ब ५६ करोड २९ लाख ५७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । गत आवको तुुलनामा चालु आवको सोही अवधिको तुलना गर्दा यस वर्ष ३५ करोड रुपियाँले बढी राजस्व असुल भएको नगरपालिकाले जनाएको छ ।
चालु आवका लागि महानगरले करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । महानगरले राजस्व सङ्कलनमा कडाइ गरेसँगै छ महिनामा लक्ष्यको आधा राजस्व सङ्कलन गरेको हो ।
महानगरले सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।
छ महिनामा सबैभन्दा बढी घरबहाल करमा १ अर्ब ३५ करोड ६३ लाख ३० हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो ।
यतै सम्पत्ति करबापत ६७ करोड ३१ लाख ७८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । महानगरका अनुुसार पर्यटन शुुल्कबापत ८ करोड ४६ लाख ९५ हजार, व्यक्तिगत आन्तरिक शुुल्क ८७ लाख, अन्य बिक्रीबाट प्राप्त रकम ८५ लाख, अन्य सेवा शुुल्क १६ करोड १५ लाख ४६ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । पार्किङ शुुल्कबापत ९५ लाख ६५ हजार, नक्सा पास दस्तुुरबापत ३१ करोड ६५ लाख ३४ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
सिफारिस दस्तुुरबापत ३ करोड ८१ लाख ५६ हजार रुपियाँ, व्यक्तिगत घटना दर्ता दस्तुुर ४९ लाख, नाता प्रमाणित दस्तुुरबापत २६ लाख ८२ हजार, व्यवसाय रजिस्ट्रेसन दस्तुुरबापत १ करोड १७ लाख ८२ हजार रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ । यस्तै प्रशासनिक दण्ड जरिबाना र जफतबापत १ करोड २६ लाख ६७ हजार रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ ।
विगतका केही वर्ष कोरोना महामारीका कारण लक्ष्य अनुुरूप राजस्व सङ्कलन नभएपछि चालुु आवमा भने लक्ष्य पूरा हुने देखिएको महानगरले जनाएको छ । पछिल्लो समय राजस्व सङ्लनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल गर्न सहज भएको महानगरले जनाएको छ ।
महानगरले ‘घरबहाल व्यवस्था निर्देशिका–२०७९’ जारी गरेसँगै बहाल करबापतको रकम सङ्कलन हुन थालेको जनाइएको छ । निर्देशिका अनुसार कुनै पनि घरधनीले घर भाडामा लगाउँदा वा घर खाली गराउँदा दुुवैबारे सूचना सात दिनभित्र वडा कार्यालयमा दिनुपर्ने छ ।
लिखित सम्झौताको एक प्रति सम्बन्धित वडा कार्यालय, एक प्रति घरधनी र एक प्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख गरेको हुनुपर्ने छ ।-गोरखापत्र