× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
पर्यटन

पर्यटन भित्र्याउन सरकारले जोखिम लिनैपर्छ : मन्त्री किराती

Simrik Online

५ माघ २०८०, शनिबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुने बताएका छन्।

डोल्पो समाजको रजत जयन्ती एवं भवन उद्घाटनका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले निगम यही व्यवस्थापनबाट नचल्ने भन्दै करार व्यवस्थापनबाट निगमलाई सञ्चालन गर्नेगरी अध्ययन कार्यदल बनाइने बताए। यही आर्थिक वर्षमा पर्यटक गौरवको क्षेत्रहरू पहिचान गरी घोषणा गर्ने, पर्यटनका सुत्रहरू निर्माण गर्नका लागि संस्कृति नीति तयार गर्ने र पर्यटन ऐन संशोधन गरिने उनले बताए।

मन्त्री किराँतीले विमानस्थल सञ्चालन, व्यवस्थापन र निर्माणका लागि काठमाडौं लगायत भैरहवा पोखराका साथै नयाँ विमानस्थल निर्माण गर्ने कार्यका लागि पीपीपी मोडलमा जाने जिकिर गरे। यसका लागि अध्ययन समिति छिटै बनाउने उनको भनाइ छ।

उनले १० वर्षमा ३५ लाख पर्यटन भित्र्याउन केही न केही जोखिम लिनैपर्ने उल्लेख गरे। यसअघि पर्यटनको योजना बनेपनि रोडम्याप नवनेकाले आफूले बनाउन खोजेको उनले बताए।

मन्त्री किराँतीले अहिलेको संविधानअनुसार सबै धर्म संस्कृति बराबर भएकाले सबैले सवैको अस्तित्वलाई मान्नुपर्ने बताए।

उनले माथिल्लो डोल्पामा पर्यटक भित्र्याउन आधारभूत सूचना र वासस्थानको व्यवस्था गर्नुपर्ने बताए। कार्यक्रममा डोल्पो समाजका अध्यक्षलगायतका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो। डोल्पो समाज निमा रिन्पोछेद्वारा सन १९९७ मा स्थापना गरिएको थियो। राजधानीमा बसोबास गर्ने डोल्पा समुदायका लागि विभिन्न धार्मिक तथा सामाजिक कार्यहरू आयोजना गर्न गुम्बा र सामुदायिक हलहरूको आवश्यकता देखेर डोल्पो समाजको गुम्बा र सामुदायिक भवन निर्माण गरिएको निमा रिन्पोछेले बताए।-अन्नपूर्ण