Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
सुनको विश्वव्यापी माग उच्च विन्दुमा

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

सुनको विश्वव्यापी माग उच्च विन्दुमा

Simrik Online

१९ माघ २०८०, शनिबार

काठमाडौं । सन् २०२३ मा ओभर–द–काउन्टर र स्टक फ्लोसहित विश्वव्यापी सुनको कूल माग गत वर्ष ४ हजार ८९९ टन रहेको छ ।

वर्ल्ड गोल्ड काउन्सिलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा केन्द्रीय बैङ्कहरूको माग १ हजार ३७ टन पुगेको छ, जुन इतिहासकै दोस्रो उच्च हो ।

विश्वव्यापी सुनजन्य सामान विनिमय व्यापार कोष (ईटीएफ)ले सुनको मागमा लगातार वृद्धि भइरहेको अवस्थामा यसको कारोबारमा पनि वृद्धि देखिएको हो ।

सन् २०२३ मा सुनको विनिमयमा २४४ टन बढी रेकर्ड भएको उल्लेख छ । यसको विपरीत, चिनियाँ बजारमा गत वर्ष १० टन सुनको ईटीएफको प्रवाह देखिएको थियो, जसले २०२३ को अन्त्यसम्ममा सुनको ईटीएफको कूल नियन्त्रण ६१।५ टनमा ल्याएको थियो ।

सुनको बार र सिक्काको विश्वव्यापी माग वार्षिक रूपमा तीन प्रतिशतले घटेको छ भने गहनाको खपतको माग २ हजार ९३ टन पुगेको छ । चीनको आर्थिक सुधारले विश्व बजारमा सुनका गहनाको माग बढाएको छ ।

चीनको आर्थिक सुधारले सुनका गहनाहरूको मागलाई बढवा दिएको छ, र देश विश्वव्यापी सुनका गहना बजारको लागि एक महत्त्वपूर्ण आकर्षण बनेको छ, रिपोर्टमा भनिएको छ ।

गत वर्ष विश्वमा सुनको आपूर्ति तीन प्रतिशतले बढेको थियो । सन् २०२३ मा सुनखानीको उत्पादन एक प्रतिशतले वृद्धि भई ३ हजार ६४४ टन पुगेको प्रतिवेदनमा उल्लेख छ । रासस/सिन्ह्वा