Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
विश्वका १ अर्ब मानिसमा मोटोपनको समस्या

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

विश्वका १ अर्ब मानिसमा मोटोपनको समस्या

Simrik Online

२१ फाल्गुन २०८०, मंगलवार

काठमाडौं । अहिले विश्वभर नै मोटोपनबाट पीडित हुनेको संख्या बढिरहेको छ । यसमा व्यस्त जीवनशैली र बदलिंदो खानपान मुख्य कारण हुन् । मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानअनुसार विश्वभर मोटोपनबाट पीडितको संख्या एक अर्बभन्दा बढी छ । जसमध्ये वयस्कको संख्या ८८ करोड र बालबालिकाको संख्या १५ करोड ९० लाख छ ।

महिलामा मोटोपनको दर उच्च भएको देशमा दुई ओसनिया मुलुक टोङ्गा र सामोआ छन् भने पुरुषमा तीव्र रुपमा मोटोपन बढिरहेका देशमा सामोआ र नाउर छन् । यी मुलुकमा ७० देखि ८० प्रतिशत पुरुष मोटोपनको सिकार भएका छन् ।

पुरुषमा मोटोपन तीव्र रुपमा बढिरहेको देशमा बेलायत ५५ औं स्थानमा छ भने महिलातर्फ यो ८७ औं स्थान छ । अमेरिका पुरूषमा मोटोपन छिटो वृद्धि हुने सूचीको १० औं छ भने महिलामा ३६ औं स्थानमा छ । भारतमा महिलातर्फ १९ र पुरुषतर्फ २१ औं स्थानमा छ । चीनमा महिलामा मोटोपनको दर ११ र पुरुषको दर ५२ औं स्थानमा छ ।

वैज्ञानिकहरुको टोलीले मोटोपनसँग लड्न नयाँ कदम चाल्नुपर्ने सुझाव दिएको छ । मोटोपनले मुटुरोग, टाइप २ मधुमेह र क्यान्सर जस्ता रोग निम्त्याउन सक्छ ।

बालबालिका र किशोरकिशोरीमा मोटोपन तीव्र :

इम्पेरियल कलेज लण्डनका वरिष्ठ अनुसन्धानकर्ता माजिद इज्जतीका अनुसार धेरै देशमा मोटोपन बढ्नुको मुख्य कारण अस्वस्थकर खानपान हो । ‘केही अवस्थामा यो मार्केटिङ कम्पनीहरूको आक्रामक रणनीति हो, जसले अस्वस्थ खानालाई बढावा दिइरहेको,’ उनी भन्छन् ।

यसबाहेक कहिलेकाहीं स्वस्थ खानाको मूल्य महँगो हुँदा वा नपाउँदा पनि मानिस मोटोपन बढाउने खानेकुरालाई प्राथमिकता दिन बाध्य हुने उनी बताउँछन् ।

प्राध्यापक इजिप्टी लामो समयदेखि मोटोपनसम्बन्धी तथ्यांकको विश्लेषण गर्दै आइरहेका छन् । मोटोपनको बढ्दो गति र त्यसको बदलिंदो तस्वीर देखेर उनी अचम्भित छन् । अहिले धेरै देशले मानिसमा मोटोपन बढ्ने समस्याको सामना गरिरहेका छन् ।

अध्ययन प्रतिवेदनअनुसार सन् १९९० देखि २०२२ सम्म बालबालिका र किशोरकिशोरीमा मोटोपनको दर चार गुणाले बढेको छ । यो दर वयस्क महिलामा दोब्बर बढीले वृद्धि भएको छ भने वयस्क पुरुषमा तीन गुणा छ ।

यसैबीच, कम तौल भएका वयस्कको अनुपात ५० प्रतिशतले घटेको छ । तर गरिब मुलुकहरुमा अझै पनि यो समस्या रहेको अनुसन्धानकर्ताहरू बताउँछन् ।

कोभिड पनि मोटोपनको कारण :

प्राध्यापक इजिप्टी भन्छन्, ‘जलवायु परिवर्तनको प्रभाव, कोभिड-१९ र युक्रेन युद्धजस्ता कारणले पनि बढी तौल र कम तौल दुवैको समस्या बढाएको छ । किनभने यी अवस्थाले गरिबी बढेको छ र मानिसहरू पौष्टिक खानाबाट टाढिएका छन् ।’

डब्लुएचओसँगको सहकार्यमा १५ सयभन्दा बढी अनुसन्धानकर्ताहरूको सञ्जालले पाँच वर्ष वा सोभन्दा माथिका २२ करोड मानिसको उचाइ र तौल नापेको थियो । यसका लागि बडी मास इन्डेक्स अर्थात् बीएमआईको सहयोग लिइएको थियो । – बीबीसी