काठमाडौं । विभिन्न खेल संघका पदाधिकारीको उपस्थितिमा भएको बैठकमा चालू आ.व.मा कार्यक्रम भएर पनि मिति निर्धारण नगर्ने संघका पदाधिकारीलाई यथाशीघ्र मिति निर्धारण गरी तयारीमा लाग्न राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेल प्रतियोगिताको मिति निर्धारण गर्न निर्देशन दिएका छन् ।
त्रिपुरेश्वरस्थित राखेपमा सदस्य-सचिव घिसिङको अध्यक्षतामा बसेको बैठकमा अखिल नेपाल फुटबल संघ, नेपाल आर्चरी संघ, नेपाल जुडो संघ, नेपाल हक्की संघ, नेपाल रिङ रेस्लिङ संघ, अखिल नेपाल टेबलटेनिस संघ, नेपाल बक्सिङ महासंघ, नेपाल खोखो संघ, नेपाल रग्बी संघ लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठकमा सदस्य-सचिव घिसिङले संघको पेस्की, बेरुजु, संघ नवीकरण र निर्वाचनलगायतका विषयमा पनि चासो व्यक्त गरेका थिए ।