Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
सगरमाथा आरोहण गर्न ४ सय १४ जनाले लिए अनुमति

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

सगरमाथा आरोहण गर्न ४ सय १४ जनाले लिए अनुमति

Simrik Online

२५ बैशाख २०८१, बुधबार

काठमाडौं । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि ४ सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र ३ सय ३९ पुरुष गरी ४ सय १४ ले अनुमति लिएका हुन् ।

अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४ सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि १ सय १२ आरोही समूहका ९ सय ७१ आरोहीले अनुमति लिएका छन् ।

हिमाल आरोहणको अनुमतिवापत हालसम्म ६७ करोड ४७ लाख १४ हजार ६१ रोयल्टी जम्मा भएको छ । सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख ५ हजार ८ सय ४९ रकम उठेको छ । वसन्त यामको सगरमाथा आरोहणका लागि चौथो शिविर (साउथ कोल, ७९५० मि.) सम्म बाटो खुलिसकेको छ ।

आरोहणका लागि डोरी टाँग्ने (रोपफिक्सिङ) काम चौथो शिविरसम्म सम्पन्न भएको हो । यसअघि सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाएको थियो । रासस