× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अदालत

बालमन्दिरको जग्गा प्रकरणमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी (विवरण सहित)

Simrik Online

२७ बैशाख २०८१, शुक्रबार

काठमाडौं  । बालमन्दिरको जग्गा विवादमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नेपाल बाल संगठनको तर्फबाट मंगलबार जाहेरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जिल्ला अदालतबाट ठगिमा अनुसन्धानका गर्न पक्राउ पुर्जीका लागि अनुमती माग गरेको थियो ।  सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार बाल संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा पक्राउ पुर्जी जारी भएको छ ।
बालमन्दिरका नाममा रहेको १ सय १९ रोपनी १२ आना ३ पैसा जग्गा दुरुपयोग भएको  भन्दै सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।
नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटकपटक न्यून रकममा सम्झौता गरेको, २०८९ मा सकिने सम्झौता समेत बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको देखिएको थियो ।
काठमाडौंको केन्द्र नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो। लिजमा लिने जोशी परिवार र विशाल ग्रुप रहेका छन् ।
जाहेरीमा अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरिएको र त्यस्तो कार्य गर्ने/गराउनेलाई कानूनअनुसार कारबाहीको माग गरिएको छ ।  स्वार्थपरक लिज सम्झौताका आधारमा गरिएको सम्झौताले संगठनलाई भएको आर्थिक हानीनोक्सानीबारे अध्ययन भइरहेको ब्यूरोले जनाएको छ।

यी हुन् पक्राउ पुर्जी जारी भएका २० जना

– नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह ।
– नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ ।
– नेपाल बाल संगठनका तत्कालिन महासचिव श्री गणेशभक्त श्रेष्ठ ।
– नेपाल बाल संगठनका तत्कालिन उपमहासचिव सुमन शाक्य ।
– नेपाल बाल संगठनका तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ।
– नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले ।
– नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल ।
– नेपाल बाल संगठनका तत्कालिन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ ।
– नेपाल बाल संगठनका तत्कालिन महासचिव प्रचण्डराज प्रधान ।
– नेपाल बाल संगठनका तत्कालिन महासचिव राम काजी कोने ।
– नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष योगेन्द्र बहादुर शाही ।
– नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ ।
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी ।
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक प्रविण राज जोशी ।
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का तत्कालिन संचालक मुरारी निधि तिवारी ।
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी ।
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक श्रद्धा संघाई ।
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक अभिनव सिंघानिया ।
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक सिद्धार्थ केडिया ।
– वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक किर्ति प्रसाद पाण्डे