Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
संयुक्त राष्ट्रसङ्घीय समितिमा नेपालकी राणा निर्वाचित

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

संयुक्त राष्ट्रसङ्घीय समितिमा नेपालकी राणा निर्वाचित

Simrik Online

२५ जेष्ठ २०८१, शनिबार

न्यूयोर्क । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन् ।
शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणाले सर्वाधिक १४६ मत प्राप्त गर्दै विजयी भएकी थिइन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हालेकी छन् ।
नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिए । तेइस सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त समितिको कार्यालय जेनेभामा रहेको छ ।