काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गत जेठ २७ गते भारतकाे दिल्ली भ्रमणमा जान भारतका विश्वासपात्र राजनीतिक विश्लेषक उमाकान्त गिरीले अस्वीकार गरेका छन् । बालुवाटार स्राेतका अनुसार प्रधानमन्त्री प्रचण्डले दिल्ली भ्रमणमा गिरीकाे नामपनि समावेश गर्न लगाएकाे तर गिरीले भ्रमणमा आफ्नाे नाम काटन लगाएकाे बताएका छन् । यस विषयमा हाम्रा समाचार प्रतिनिधिले गिरीलाई सम्पर्क गर्दा अस्वस्थताका कारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा सँगै जान नपाएकाे बताए । सिमित ठाउँमा जाने, सिमित व्याक्तिलाई मात्र सम्पर्क गर्ने र सबै ठाउँमा आफुलाई चिनाउन नचाहाने राजनीतिक विश्लषक गिरी समुहमा जाँदा आफ्नाे प्रभाव घटन सक्ने भनेर जान नचाहेकाे बताइएकाे छ । अस्वस्थ रहेकाे उनकाे बहानाबाजी मात्र हाे स्राेतले भन्याे ।
२०७२ साल असाेजमा भारतले नेपालमा संविधानसभा मार्फत जारी भएकाे संविधानप्रति असहमति जनाउदै अघाेषित नाकाबन्दी लगाउदा साे नाकाबन्दी खुलाउन नेपाली सेनाका तात्कालिक प्रधानसेनापति तथा महारथी राजेन्द्रकुमार क्षत्रीले उनलाई भारतीय पक्षकाे धारणा बुझ्न गाेप्य रूपमा भारत पठाएका थिए भन्ने चर्चा पनि त्यसबेला चलेकाे थियाे । भारतमा बलियाे साथ पाएका गिरी नेपालका मन्त्री र प्रधानमन्त्रीलाई टेर्दैनन् । नेता, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटन तछाडमछाड गर्दा पनि कतिपयले भने उनीहरूलाई भेटन पाउदैनन् । तर गिरी भने प्राेटाेकलकाे ख्याल नगरी र समय नमागि डाइरेक्ट भेटने गर्छन्, भनिन्छ ।
पछिल्लो समय गिरी काठमाडौं महानगरका मेयर बालेन शाहसँगै देखा पर्न थालेका छन् । केही दिन अगाडि लाजिम्पाटकाे एक हाेटलमा गिरी र मेयर बालेनले सँगै डिनर गरेका थिए स्राेतले भन्याे । विकास र निर्माणका कार्यहरूमा ठुला र सत्ता गठबन्धनका राजनीतिक दलहरूले अवराेध गर्न थालेपछि मेयर शाहले गिरीसँग सहयाेग मागेकाे बताइन्छ ।