× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

कुशेश्वरमा ३३ जना नदीबीचमा फसे, उद्धारका लागि आग्रह

Simrik Online

११ आश्विन २०८१, शनिबार

 काठमाडौं । सिन्धली  जिल्लाकाे सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदी बीचमा फसेका छन् ।

सिन्धली जिल्लाकाे सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेका  छन् ।

सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी खोलाले मन्दिरको दुवैतिरबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरूकुलका शिक्षक नारायण घिमिरेले बताउनुभयो । अहिले विद्यार्थी र शिक्षक गुरूकुलको भवनको माथिल्लो तलामा रहेका छन् । बिजुली र इन्टरनेटको पहुँच छैन ।

उनीहरूको उद्धारका लागि कतैबाट सम्पर्क र पहल नभएको गुनासो गुरू नारायण घिमिरेको छ । उहाँले उद्धारको पहल गरिदिन मिडियाकर्मीलाई आग्रह गर्नुभयो । सिन्धुली प्रमुख जिल्ला अधिकारी  लीला शर्माका अनुसार उद्धारका लागि नजिकै सेना र सशस्त्र प्रहरीको टोली राखिएको छ । उद्धार प्रयास भइरहेको बताइएको छ ।