× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अर्थ/बजार

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

Simrik Online

१२ आश्विन २०८१, आईतवार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै ७ अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको ४ लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो ।

यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार रु ११ अर्ब ६ करोड ५२ लाख चार हजार बराबरको पेट्रोल आयात भएको छ भने रु १३ अर्ब ६४ करोड ५२ लाख ५० करोड बराबरको डिजेल आयात भएको छ ।
त्यस्तै, एलपी ग्यास रु ९ अर्ब ४२ करोड ५६ लाख ८५ हजार बराबरको आयात भएको छ । उक्त अवधिमा सवारी साधनको आयात पनि उच्च देखिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रु २ अर्ब ९४ करोड बराबरको मोटरसाइकल र रु २ अर्ब ४३ करोड २१ लाख २६ हजार बराबरको विद्युतीय सवारी आयात भएको छ ।
नेपालबाट बढी निर्यात हुनेमा कार्पेट, चिया, जुट, धागोलगायतका वस्तु छन् । विभागका अनुसार साउन र भदौ महिनामा सबैभन्दा धेरै रु १ अर्ब ९९ करोड ९६ लाख ७ हजार बराबरको कार्पेट निर्यात भएको छ । त्यस्तै रु १ अर्ब १४ करोड २४ लाख ३२ हजार बराबरको चिया निर्यात भएको छ । जुट, धागो, जुसलगायतका वस्तु बढी निर्यात हुनेमा रहेका छन् ।
चालु आर्थिक वर्ष २०८१र८२ को सुरुवाती दुई महिनामा कूल रु २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार बराबरको वैदेशिक व्यापारमा नेपालले रु २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार बराबर व्यापार घाटा व्यहोरेको छ । साउन र भदौ महिनामा रु २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार बराबरको आयात हुँदा रु २५ अर्ब ९ करोड ३१ लाख तीन हजार बराबरको मात्रै निर्यात भएको छ । – रासस ।