× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

जमरकट्टेल प्रतिष्ठानको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा देबेन्द्र सहित १३ जना निर्वाचित

Simrik Online

२१ आश्विन २०८१, मंगलवार

सोलुखुम्बु । जमरकट्टेल सेवा प्रतिष्ठान नेपालको अध्यक्षमा देबेन्द्र जमरकट्टेल सर्वसम्मत निर्वाचित भएका छन् । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानको सोमबार सम्पन्न ५ ओैं अधिवेशनले निवर्तमान महासचिव जमरकट्टेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेकाे निर्वाचन समिति संयोजक होमप्रसाद जमरकट्टेलले जानकारी दिए । समितिको उपाध्यक्षमा खेमराज जमरकट्टेल, महासचिवमा प्रेमप्रसाद जमरकट्टेल, सचिवमा प्रेमकुमार जमरकट्टेल, कोषाध्यक्षमा ताेयानाथ जमरकट्टेल र सहकोषाध्यक्षमा युवराज जमरकट्टेल निर्वाचित भएको उनले बताए।
अधिवेशनले सदस्यमा युवराज जमरकट्टेल, टेकप्रसाद जमरकट्टेल, खेम जमरकट्टेल, गुणा जमरकट्टेल, झनक जमरकट्टेल, नारद जमरकट्टेल र चाेलकुमारी जमरकट्टेल चयन गरेको छ।
प्रतिष्ठानका संस्थापक महासचिव एवं सल्लाहकार समिति संयोजक बालकुमार जमरकट्टेलको प्रमुख आतिथ्यता एवं निवर्तमान अध्यक्ष कमलप्रसाद जमरकट्टेलको अध्यक्षतामा सम्पन्न अधिवेशनका क्रममा महासचिव देवेन्द्र जमरकट्टेलले संगठनिक प्रतिवेदन र काेषाध्यक्ष ताेयानाथ जमरकट्टेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।