× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
खेलकुद

स्थगित भएको आइपिएल जेठ ३ देखि पुनः सुचारु हुँदै

Simrik Online

२९ बैशाख २०८२, मंगलवार

काठमाडौं । स्थगित भएको इण्डियन प्रिमियर लिग (आइपिएल) पुनः सुचारु हुने भएको छ । भारत र पाकिस्तानबीच युद्धविराम भएपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बाँकी खेलहरू जेठ ३ गते (मे १७ )देखि बाट फेरि सुरु हुने भएको हो । फाइनल खेल जुन ३ मा खेलिनेछ ।
१८औं सिजनका ५८ खेल खेलिएका थिए, जसमा धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीच खेलिएको खेल पनि समावेश थियो । खेल बीचैमा रोकियो र त्यसैले खेल अनिर्णीत रह्यो । तर, अब बीसीसीआईले यो खेल फेरि आयोजना गर्ने निर्णय गरेको छ । दुवै टोली मे २४ मा जयपुरमा भिड्नेछन् ।
प्लेअफका खेलहरू मे २९ बाट सुरु हुनेछन्। पहिलो छनोट खेल मे २९ मा हुनेछ । एलिमिनेटर मे ३० मा खेलाइनेछ । दोस्रो छनोट खेल जुन १ मा खेलाइनेछ भने फाइनल खेल जुन ३ मा हुनेछ । यी चार खेलको स्थान पछि घोषणा गरिनेछ ।