मनेश निरौला, सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले प्रचार-प्रसार विभागलाई पुर्णता दिएको छ। जिल्ला सदस्य नवीन थापा प्रमुख रहेको उक्त विभागको उपप्रमुखमा पुर्व महाधिवेशन प्रतिनिधि धर्मपुजन सुनुवार रहेका छन् भने सचिवमा नेविसंघ सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिका अध्यक्ष हेमराज शर्मा रहेका छन्।
विभागको सदस्यमा टंकीमाया बस्नेत, उत्र राई, अमृत राई, चुडामणि कोइराला, सुमन राई, निशान बस्नेत, रोसन राई, देवीध्वज खड्का, बुना बस्नेत, सन्देश रसाइली, द्रोण वन, फुनुरु शेर्पा रहेका छन्।
नेपाली कांग्रेसको विधान अनुसार १५ सदस्यीय जिल्ला प्रचार-प्रसार विभाग गठन गरिएको जिल्ला सभापति विनोद कुमार बस्नेतले बताए।
प्रचार विभागको विस्तार सँगै नेपाली कांग्रेस सोलुखुम्बुले गरेका गतिविधिहरु जिल्लाबासीका घर-घरमा पुग्ने विश्वास आँफूले लिएको सभापति बस्नेतले बताएका छन्।