काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छन्। सत्तारूढ दल नेकपाभित्र विवाद उत्कर्षमा पुगेको बेला राजदूत यान्छी दाहाललाई भेटन सोमबार विहान खुमलटार पुगेकी हुन्।
भेटमा नेपाल चीन सम्बन्ध, नेकपाको पछिल्लो विवाद लगायतका विषयमा कुराकानी भएको समाचारस्रोतको भनाइ छ। भेटबारे दाहाल सचिवालयले कुनै जानकारी दिएको छैन। भेटमा चिनियाँ रक्षा मन्त्री वेइ फेङहे अर्को साता हुने नेपाल भ्रमणका विषयमा पनि छलफल भएको बताइएको छ। फेङ्हे मंसिर १४ गते काठमाडौं आउँदैछन्। गत २ गते राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेकी थिइन्।