× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

पुस १७ मा राष्ट्रपतिद्वारा राष्ट्रियसभा अधिवेशन आह्वान

Simrik Online

१२ पुष २०७७, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते राष्ट्रियसभा अधिवेशन आह्वान गरेकी छिन् । सरकारको सिफारिसमा भण्डारीले १७ पुसको अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रिय सभा अधिवेशन आह्वानको पत्र संसद् सचिवालयमा पनि पुगेको छ ।

यसअघि संघीय संसद्को प्रतिनिधिसभा भने प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत ५ पुसमा विघटन गरिसकेकी छिन् ।