× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

नेकपा सोलुखुम्बुको अध्यक्षमा बास्तोला र सचिवमा खालिङ

Simrik Online

५ माघ २०७७, मंगलवार

आयुसा बास्तोला, सोलुखुम्बु  । नेकपा सोलुखुम्बु (ओली समूह)को अध्यक्षमा डुफकुमार बास्तोला चयन भएका छन् । नेकपा सोलुखुम्बु (ओलीपक्ष) को सोमबार सल्लेरीमा नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा “बादल”को प्रमुख आतिथ्यतामा भएको अगुवा कार्यकर्ता भेलामा नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले बास्तोलालाई अध्यक्षमा चयन गरिएको घोषणा गरेका हुन् ।

यसअघि नेकपा सोलुखुम्बुका अध्यक्ष रहेका मानवीर राई (ओली पक्ष) नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएपछि बास्तोलालाई सोलुखुम्बु पार्टीको जिम्मेवारी दिइएको बताइएको छ ।

यस्तै जिल्ला पार्टी कमिटीको सचिवमा आशकुमार खालिङ राई ‘शिशिर’लाई जिम्मेवारी दिइएको छ । पूर्व नेकपा माओवादी केन्द्र सम्बद्ध शिशिर स्थानीय तहको गत निर्वाचनमा माप्यदुधकोशी गाउँपालिकाको अध्यक्षको उम्मेदवार थिए ।

नेकपामा फुट देखिएपछि सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य एवं पार्टी ईन्चार्ज हेमकुमार राई (शुरवीर) र पार्टी सचिव गोम्बु शेर्पा “कर्ज्याङ” दहाल-नेपाल पक्षमा तथा जिल्ला अध्यक्ष मानवीर राई सहित प्रदेशसभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेत लगायतका नेताहरु ओली पक्षमा लागेका छन् ।