सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा स्वास्थ्य उपचारको क्षेत्रमा सेवा पुर्याउँदै आएको सोलु हेल्थ केयर र सोलुदुधकुण्ड युथ क्लब बीच सम्झौता भएको छ । सोलुदुधकुण्ड युथ क्लबको सिफारिसमा सोलु हेल्थ केयरले औषधी खरीद तथा स्वास्थ्य उपचार लगायतका शिर्षकमा निश्चित रकम छुट गर्ने सम्झौता गरिएको हो । आईतबार दुबै संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा यस्तो सम्झौता गरिएको हो ।
सम्झौतामा उल्लेख गरिए अनुसार सोलुदुधकुण्ड युवा क्लबले अवस्था हेरी छनौट गरेका बिपन्न, दलित तथा जेष्ठनागरिकहरुलाई फार्मेसीमा औषधी खरीद गर्दा १० प्रतिशतसम्म छुट दिने बताईएको छ ।
यस्तै प्रयोगशालामा एक्सरे, भिडियोएक्सरे, टिफटी, रगत, दिशा, पिसाब वा अन्य परिक्षण गर्दा सोलुहेल्थ केयरले २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
सम्झौता पत्रमा सोलु हेल्थ केयरका प्रबन्धक छितिज नकर्मी र सोलुदुधकुण्ड युथ क्लबका अध्यक्ष छितिज तामाङले हस्ताक्षर गरेका छन् । यस्तै सोलुदुधकुण्ड युथ क्लबले सोलु हेल्थ केयरको प्रचार-प्रसारमा समेत सहयोग पुर्याउने बताईएको छ ।