× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
आर्थिक

शिव मन्दिर निर्माण गर्न अमेरीकाबाट विष्णुमाया जमरकट्टेलको २,११,३९४ रूपैयाँ सहयाेग

Simrik Online

१२ फाल्गुन २०७७, बिहीबार

आयुसा बास्तोला, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा जमरकट्टेल सेवा प्रतिष्ठान नेपालकाे अगुवाइमा निर्माण हुन लागेको शिव मन्दिरको निर्माण सहयाेगार्थ विष्णुमाया जमरकट्टेल तथा उहाँका छाेराछाेरीकाे तर्फबाट २ लाख ११ हजार ३ सय ९४ रूपैयाँ ३९ पैसा सहयाेग गरेका छन् ।

भुटान स्थायी घर भै हाल अमेरीकामा बस्दैआएकी विष्णुमाया जमरकट्टेल तथा उहाँका छाेराछाेरीकाे तर्फबाट स्व.मनाेरथ जमरकट्टेलकाे स्मृतिमा उक्त सहयोग रकम प्रतिष्ठानलाई हस्तान्तरण गरेको बताइएको छ ।

विष्णुमाया जमरकट्टेल तथा उहाँका छोराछोरीको सहयोगको जमरकट्टेल सेवा प्रतिष्ठानले – “उहाँहरूको परिवारमा सुख, सम्पत्ति तथा अाराेग्य प्राप्ति हाेस्, उहाँहरूले चालेका हरेक सामाजिक, पराेपकारी तथा व्यवसायिक कार्यहरूमा सफलता मिलाेस्, भगवान शिव सदा दाहिना हुन्, कुल देवताले सदा सर्वदा कल्याण गरून् भन्दै उहाँहरूको यस अमुल्य सहयाेग लाई स्वीकार्दछौं ।” भनेर प्रंशसा सहित हार्दिक बधाई तथा शुभकामना दिएको छ ।

सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं. ३ बिहीबारे बजार नजिकैको माझगाउँमा निर्माण हुने शिव मन्दिरकाे अनुमानित लागत झन्डै ४० लाख रूपैयाँ रहेकाे र उक्त रकम भारद्वाज गाेत्रीय जमरकट्टेल बन्धुहरूबाटै जुटाइने जमरकट्टेल सेवा प्रतिष्ठान नेपालका महासचिव देवेन्द्र जमरकट्टेलले जानकारी दिएका छन् ।