× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

एमालेको संशोधित विधान पारित

Simrik Online

७ चैत्र २०७७, आईतवार

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको संशोधित विधान पारित भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संशोधित विधान पारित गरेको हो ।

पार्टीमा गुटगत गतिविधि भएको भन्दै मुख्य सचेतक विशाल भट्टराईको संयोजकत्वमा बनेको तीन सदस्यीय कमिटीले विधान संशोधनको मस्यौदा दलको बैठकमा पेश गरेको थियो । उक्त मौस्यौदा बैठकले पारित गरेको मुख्य सचेतक भट्टराईले बताए ।

विधानमा केही प्राविधिक र शाब्दिक एवम् भाषिक विषयलाई सच्याएर समृद्ध बनाएको भट्टराईको भनाइ छ । विधानलाई समय अनुकुल बनाएको उनले प्रष्ट पारे ।

संशोधित विधानमा समूहगत माग राख्न नपाइने, माग राखेमा कारबाही गर्ने, संसदीय बोर्डमा रहने सदस्यको संख्या बढाउने र पार्टीभित्र गुटगत राजनीति गर्नेलाई बोर्डले स्पष्टिकरण सोध्ने व्यवस्था गरिएको छ । एमाले संसदीय बोर्डमा २७ सदस्य हुने व्यवस्थालाई संशोधन गरेर त्यो संख्यालाई २९ बनाइएको छ ।

दलको उपनेता दलको नेताले नै तोक्ने वा मनोनयन गर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभाबाट मात्र दलको नेता चयन गर्न व्यवस्थासमेत विधानमा गरिएको भट्टराईले बताए । संशोधित विधानमाथि बैठकमा वामदेव गौतमसहित १० जना सांसदले धारणा राखेका थिए । संशोधित विधानलाई केन्द्रीय कमिटी बैठकले समेत अनुमोदन गरेको छ ।