काठमाडौं । वास्तविकता जे भएपनि नेपालमा समय-समयमा अदालती सेटिङको बजार हल्ला चलिरहेकै हुन्छ।
कहिलेकाहीँ ठूलो कारोबार देखिने मुद्दाहरूमा सम्मानित अदालतका न्यायधीशहरूको समेत नाम मुछेर हल्ला मच्चाउने गिरोहले यो मुद्दामा यस्तो फैसला गराइदिन्छु भन्दै सेवाग्राहीसँग रकम असुल्ने गरेको भएपनि अहिले काठमाडौंको एक जग्गा सम्बन्धि अपुताली अंश मुद्दामा यसै किसिमको सेटिङ गर्न सेवाग्राहीहरु आफैंले दौडधुप गर्ने गरेको चर्चा भइरहेको छ ।
काठमाडौं जिल्ला अदालत, पाटन उच्च अदालतबाट फैसला आइसकेको सो मुद्दामा सर्वोच्च अदालतबाट आफ्नो पक्षमा फैसला गराउन विभिन्न विचौलिया मार्फत वार्गेनिङ्ग हुने गरेको र स्व.राजबहादुर शाहका जेठी श्रीमती जयन्ती क्षेत्री सिलवाल शाह तथा कान्छी श्रीमती कमला राजभण्डारी शाह र बिबाह भइसकेकी बहिनी हिमालय देवी शाह तिनै पक्ष आ-आफ्नो पक्षमा फैसला गराउन विचौलियाकोमा दौडधुप गरिरहेको स्रोत बताउँछ ।
के ऐतिहासिक गौरव कायम भएको सम्मानित सर्वोच्च अदालतले विचौलियाहरुले भनेजस्तै काम गर्ला र ? त्यो भने समयले देखाउला ।