काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगेका छन् । रअका वर्तमान नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि राघवप्रसाद भट्नागर कार्यभार सम्हाल्ने गरी शुक्रबार नेपाल आइपुगेका हुन् ।
लैनचौर स्थित दूतावासको कन्सुलर विङमा बसेर भट्नागरले आठ दिनपछि मात्रै आफ्नो कार्यभार सम्हाल्ने छन् ।
आठ दिन अगाडि नै किन भट्नागर काठमाडौं आइपुगे भन्ने प्रश्न उब्जिएको छ । नेपालमा राजनीतिक घटनाक्रम चलायमान भइरहँदा र सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरिरहँदा भट्नागरको काठमाडौं आगमनलाई निकै महत्वका साथ हेरिएको छ ।