दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डेय निर्वाचित भएका हुन् । पाण्डेयले ४१४० र खड्काले ३५९४ मत पाए ।
कांग्रेस उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, एमालेको खनाल-नेपाल समूह, जसपाको भट्टराई-यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
अघिल्लो चुनावमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त स्थानमा सोमबार उपनिर्वाचन भएको हो । पाण्डे गत १९ वैशाखमा एमाले र लुम्बिनी प्रदेशसभा सदस्य छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर विद्रोह गरेका थिए ।