× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

असार ३ गते कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने

Simrik Online

२९ जेष्ठ २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आउँदो असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ । बैठकले पदाधिकारी बैठकले गरेका निर्णय स्वीकृत गर्ने लगायतका निर्णय गर्ने बुझिएको छ । शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीको महाधिवेशन भदौ १६ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरेको छ ।