× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

मेलम्चीबासीले च्यातिदिए अनेरास्ववियुको ब्यानर

Simrik Online

२ असार २०७८, बिहीबार

सिन्धुपाल्चाेक । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर सिन्धुपाल्चोकको मेलम्चीमा राहत वितरण थालेपछि झडप भएको छ ।

पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि झडप भएको हो । झडपकका क्रममा स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् ।

एकद्वार प्रणालीविपरित ओली निकट अनेरास्ववियुले राहत वितरण गरेको भन्दै नेपाल पक्षको विरोध मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

अनेरास्ववियुको ब्यानर देखेपछि स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि अनेरास्ववियूका कार्यकर्ता र स्थानीयबीच धकेला धकेल भएको थियो । – दृष्टि।