काठमाडौं । आज (शुक्रबार)देखि लामो दुरीका सवारी साधन पनि सञ्चालनमा आउने भएका छन् । परीक्षार्थी र सर्वसाधारणको सहज आवतजावतका लागि लामो दुरीको यातायात सुविधा सञ्चालनमा आएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सूचना जारी गर्दै उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरूलाई मध्यम र लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुरोध गरेको हो ।
प्रशासनले पूर्णरूपमा जनस्वास्थ्यका मापदण्डहरूको पालना गरी यातायात सञ्चालन गर्न भनेको छ । यस्तै यात्रुहरूलाई पनि टिकट काउण्टरबाट टिकट काटेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।
यस्तो छ प्रशासनको सार्वजनिक सुचना: