× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

जिल्ला सभापतिहरुको बैठक २५ गते बस्ने, यस्ता छन् एजेन्डा

Simrik Online

१९ श्रावण २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसको १४ ओैं महाधिवेशन कहिले हुने भन्ने अन्यौल बढ्दै गइरहेको अबस्थामा जिल्ला सभापतिहरुको भेला यही साउन २५ गते बस्ने भएको छ। जिल्ला सभापतिहरूको बैठक भनिए पनि वरिष्ठनेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका गरी ४६ जिल्लाका सभापतिहरुको मात्रै बैठकमा उपस्थिति हुनेछ। बैठक काठमाडौंमा बस्न लागेको हो।

बैठकमा समयमा अधिवेशन सम्पन्न गर्नुपर्ने, क्रियाशील सदस्यतामा भएको अनियमिततालाई हटाएर विधानसम्मत ढंगले क्रियाशील सदस्यताको विषय टुंगाउनु पर्ने र सभापति देउवाको विपक्षमा पार्टीको १४ओैं अधिवेशनमा पौडेल पक्षबाट साझा उम्मेदवार बनाउन दबाब दिने विषयलाई मुख्य एजेन्डा बनाइएको छ।

समयमा महाधिवेशन सम्पन्न गर्न नसकेकाले वर्तमान पार्टी केन्द्रीय नेतृत्व प्रति देशभरका कांग्रेस कार्यकर्ताको विश्वास गुम्दै गएको अबस्थामा जिल्ला सभापतिहरूको भेलाले केन्द्रीय नेतृत्वलाई दबाब दिएर कांग्रेसको साख जोगाउन भुमिका खेल्ने बताएको छ।

साउन १२ गते नै वडाअधिवेशन सम्पन्न गर्ने कार्यतालिका केन्द्रीय समितिले दिएको भएपनि आजसम्म क्रियाशील सदस्यताको विवाद नै टुंगोमा पुगेको छैन।
क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ। महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १ सय २१ वडाको सदस्यता स्थगित गरिएको थियो।