× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

यी हुन् एमालेले कारबाही गरेका १४ सांसद

Simrik Online

३२ श्रावण २०७८, मंगलवार

काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद् सचिवालयमा सूचना दिइएको छ भने निर्वाचन आयोगमा जानकारी गराइएको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार १४ जना सांसदलाई कारवाहीको सिफारिस गरिएको छ । कारबाहीका लागि सिफारिस गरिएका सांसदहरुमा माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, भवानी खापुङ, विरोध खतिवडा, कलिला खातुन, कृष्णलाल महर्जन रहेका छन्।

एमालेले संसद् सचिवालयमा बुझाएको पत्रको बोधार्थ निर्वाचन आयोगमा पनि पुगेको सचिव सुरेश अधिकारीले जानकारी दिए। निर्वाचन आयोगमा पुगेको पत्रमा उनीहरुको पद रिक्त भन्ने रहेको छ।