× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

कांग्रेस महाधिवेशन : ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि को-को ?

Simrik Online

१० भाद्र २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबार ३८ जिल्लामा निर्वाचन प्रतिनिधि तोकेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया यही १८ भदौबाट शुरु हुँदैछ। कांग्रेसको सबैभन्दा तल्लो तह वडा तहको अधिवेशन १८ गतेका लागि निर्धारित छ।

निर्वाचन समितिका अनुसार समितिले तोकेका प्रतिनिधिहरुसँगै ती जिल्लाका क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ। ‘जिम्मेवारी पाउनुभएका प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ, केही अझै बुझ्ने क्रममा नै हुनुहुन्छ,’ निर्वाचन समितिका सचिव श्रेष्ठले बताए।

कांग्रेसमा अधिकांश जिल्लाका सभापतिहरू भने सदस्यताको सूची सार्वजनिक गरिनु पर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छन् । पार्टी नेतृत्वले भने जिल्ला सभापतिको माग नसुनी निर्वाचन प्रतिनिधि तोकेर सदस्यताको सूचीसहित प्रतिनिधि जिल्ला पठाएको हो।

कुन जिल्लामा को प्रतिनिधि ?

ताप्लेजुङ- तिलक पाण्डे
पाँचथर- मदन खड्का
सङ्खुवासभा- भरतराज उपाध्याय
तेह्रथुम- लक्ष्मणलाल रञ्जित
खोटाङ- विकास भट्टराई
सोलुखुम्बु- कैलाश गुरुङ
ओखलढुंगा- किर्तीनाथ शर्मा
उदयपुर- खुसीराम गौतम
झापा- सुवोधबाबु सिलवास
दोलखा- चक्रबहादुर थापा
रामेछाप- विष्णु लुईंटेल
सिन्धुली- लेखकबहादुर खड्का
भक्तपुर- मुकुन्द शर्मा पौडेल
लमजुङ- थानेश्वर दवाडी
तनहुँ- फणिन्द्र कोइराला
मनाङ- वसन्त रिमाल
मुस्ताङ‍- शिवराज वाग्ले
पर्वत- विश्वास आचार्य
म्याग्दी- विष्णुप्रसाद शर्मा
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)- गोविन्द सिग्देल
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)- बाबुराम पाण्डेय
रुपन्देही- भूमिश्वर गौतम
रुकुम पूर्व- ईश्वरीप्रसाद ज्ञवाली
रोल्पा- सूर्यबहादुर वली
रुकुम पश्चिम- मुक्ति आचार्य
मुगु- नरेन्द्रबहादुर सिंह
जाजरकोट- सूर्यबहादुर शाह
दैलेख- विवस बस्नेत
बझाङ- चेतराज भट्ट
डोटी- राजेन्द्र जोशी
अछाम- देवराज भट्ट
दार्चुला- देवराज अवस्थी
बैतडी- पुष्पराज जोशी
डडेलधुरा- लोकेन्द्रबहादुर बम
कञ्चनपुर- भरतबहादुर सिंह
कैलाली- टेकप्रसाद सुवेदी