काठमाडौं । नारायणहिटी राजदरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो।
नारायणहिटी दरवार सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेज निकाल्न खोज्ने व्यक्तिलाई निर्यन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए। शुक्रबार बिहान अवलोकन गर्ने पुगेका पश्चिमरुकुम मसिकोट ११का खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेज निकाल्ने प्रयास गरेका थिए। सिसा फुटाउँदा उनको हात समेत काटिएको छ। उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ।