× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

सोलु कांग्रेसको पालिका अधिवेशन असोज १२ मा हुने

Simrik Online

८ आश्विन २०७८, शनिबार

मनेश निरौला, सोलुखुम्बु । आज हुने भनिएको नेपाली कांग्रेस सोलुखुम्बुको गाउँ/नगर पालिका अधिवेशन असोज १२ गते मंगलबार हुनेभएको छ। जिल्ला निर्वाचन अधिकृत कैलाश गुरुङले आगामी मंगलबार ८ वटै पालिकामा अधिवेशन हुनेगरि निर्वाचनको मिति तोकिएको बताएका छन्।

यद्यपि सोलुदुधकुण्ड नगरपालिका ७ गार्माको वडाअधिवेशनका विषयमा अन्योल कायमै रहेकोले नगर अधिवेशन के कसरी हुने भन्ने विषय टुंगोमा पुगिनसकेको बताइएको छ। केन्द्रीय निर्वाचन समितिले नगरपालिकाको वडा नं.७ को विषय आजै वा भोलि बिहानसम्ममा टुंगो लगाएमा ८ वटै पालिका अधिवेशन असोज १२ मा नै हुने निश्चित हुने जिल्ला कार्य समिति सोलुखुम्बुका सदस्य युवराज घिमिरेले बताएका छन्।

गाउँ/नगर अधिवेशनका लागि मतदान अधिकृत समेत टुंगो लगाईएको बताइएको छ। सोलुदुधकुण्ड नगरपालिकामा अधिवक्ता विदुर लामिछाने, थुलुङदुधकोशी गाउँपालिकामा युवराज खतिवडा, नेचासल्यान गाउँपालिकामा उमाकान्त काफ्ले, सोताङ गाउँपालिकामा पर्खि कुलुङ, महाकुलुङ गाउँपालिकामा रितबहादुर बस्नेत, माप्यदुधकोशी गाउँपालिकामा सुमन बास्तोला, खुम्बुपासाङल्हमु गाउँपालिकामा खगेन्द्र बास्तोला र लिखुपिके गाउँपालिकामा गंगाबहादुर कार्कीलाई पालिका मतदान अधिकृत तोकिएको बताइएको छ।